धनगढी : कैलालीमा लोडर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । शुक्रबार राती जिल्लाको जानकी गाउँपालिका–७, चिलिम चौराहास्थित पानी बोक्ने लोडर अनियन्त्रित भएर दुर्घटना हुँदा टीकापुर नगरपालिका–१, बनगाउँका १५ वर्षीय लक्ष्मण घर्ती मगरको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१–००१ स ५४३९ नम्बरको लोडर दुर्घटना हुँदा घाइते भएका मगरको उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चालक सहित लोडरमा सवार तीन जना र लोडरलाई नियन्त्रणमा लिएको छ।