बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका-९ जुवापानीस्थित पाले सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। शनिबार अस्थायी प्रहरी पोष्ट रिठाबजारबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनभित्रको ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।