दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा विकास गरिने : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भीमदत्त राजमार्गको विकल्पका रूपमा दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा विकास गरिने बताएका छन्

विभिन्न सडक सञ्जाललाई प्रदेश सरकारको बजेटको प्राथमिकतामा राख्न माग गर्दै डेलिगेसनसहित पुगेको कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा अघि बढाउने बताएका हुन।
मुख्यमन्त्री भट्टले नीति तथा योजना आयोग गठन भएसँगै प्रदेशको बजेट निर्माण प्रक्रियाले गति लिने बताए । उद्योग वाणिज्य संघले लामो समयदेखि सडक सञ्जाललाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने माग गर्दै आएको उल्लेख गर्दै उनले प्रदेश सरकार उक्त मागप्रति सकारात्मक रहेको स्पष्ट पारे।

उनले प्रदेश सरकारका सबै मन्त्रीहरू जिम्मेवार ढङ्गले काम गरिरहेको बताउँदै आवश्यकताका आधारमा महत्वपूर्ण सडक तथा पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाइने जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.