बाढीले बगाएको शवबाट कानको मुन्द्रा निकाल्ने २ जना पक्राउ

धनगढी  : रसुवाको बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुछ्ने २ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो दुईजना पक्राउ परेका हुन् । चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका १ घर भई हाल भरतपुर महानगरपालिका १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका ५ चाँदबेला घर भई भरतपुर २ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् ।

उनीहरू दुवैजनालाई सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको चितवनका एसपी पौडेलले बताए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.