अत्तरिया : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसले भदौ २८ गते आइतबार दिउँसा २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्।
बैठकका लागि सबै पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।