भोजबहादुर बम कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बम नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा बम खुला पुरुषतर्फ उम्मेदवार बनेका थिए। प्रतिस्पर्धामा विजयी हुँदै उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि बमले आफूलाई विश्वास गरी मतदान गर्ने पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, पार्टी संगठनलाई बलियो बनाउन सबै नेता–कार्यकर्ताबीच सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन्।

गौरीगंगा नगरपालिकाको नगर उपप्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालिरहेका बमको महाधिवेशन प्रतिनिधिका रूपमा भएको चयनलाई स्थानीय कांग्रेस वृत्तमा महत्वका साथ हेरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.