अत्तरिया:- कैलालीकाे अत्तरिया स्थित सत्यवती एकेडेमीमा एक हप्ता फुटवल क्याम्प आयोजना हुने भएकाे छ।
युवा फुटबल खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संघर्ष संघर्ष स्पोर्टस् क्लबकाे आयोजना र सत्यवती एकेडेमीको सहयोगमा फुटबल क्याम्प सन्चालन हुने भएको हो।
फुटबल क्याम्प कार्तिक १५ गते देखी शुरु भई २२ गते सम्म सञ्चालन हुने भएको आयोजकले जनाएको छ। क्याम्प बिहान सत्यवती एकेडमीकाे फुटबल खेलमैदानमा ८ बजे देखी ११ बजे सम्म सञ्चालन हुने भएको हो।
संञ्चालन हुने फुटबल क्याम्पमा खेलाडीहरुलाई फुटबल सम्बन्धी प्राविधिक सीपहरू ,शारीरिक तन्दुरुस्ती र कन्डिसनिङ, रणनीति र खेलशैली, टिम निर्माण, मानसिक बल,खेल अभ्यास लगायत फुटबल शैलीहरू सिकाइने आयोजक संघर्ष स्पोर्टस् क्लबले जनाएको छ।
युवा प्रतिभाको पहिचान, फुटबल सीपको विकास र उज्ज्वल भविष्य निर्माण गर्ने हाम्रो अभियानमा सहभागी बनौं भन्ने उद्देश्य सहित आयोजकले सम्पूर्ण फुटबल खेलाडीहरूलाई यस अवसरको भरपूर उपयोग गर्न आग्रह गरेको छ।