Agni Offset Press

धनगढीमा महोत्सव माघ १८ गते देखि २९ सम्म

Aarati simant

धनगढी : कोरोनाका कारण दुई बर्ष देखि स्थगित हुँदै आएको सुदूरपश्चिम महोत्सव यस बर्ष माघ महिनामा हुने भएको छ । २०६३ साल देखि मंसिर २२ देखि २९ सम्म हुँदै आएको महोत्सव यस बर्ष माघ १८ देखि २९ सम्म हुने भएको हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १८ गते देखि २९ गतेसम्म महोत्सवको आयोजना गरिन लागेको जानकारी दिएको हो । यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा रहेको खाली जमिनमा महोत्सव हुने कैलाली उद्योग वाणिज्य सघंले जनाएको छ ।
यस अघि महोत्सव सञ्चाल हुने सुदूरपश्चि प्रदेश प्रहरी कार्यालयको चौरमा पुर्वाधार निर्माण भएपछि निजी जमिनमा हुन लागेको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
यस पटक लाग्ने महोत्सव १५ औँ संस्करण हो । वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । महोत्सवमा अनुमानित १ करोडको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने जनाएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरी ४ सय भन्दा बढीको संख्याको स्टलहरू रहनेछन् ।

यस्तै महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मूल समिति सहित २१ उप समिति समेत गठन गरेको हो । महोत्सवमा १५ करोड बढीको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ । कोरोना त्रास अझै पनि रहेको हुँदा एक टिकट एक माक्स समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.