अत्तरिया, १९ पुस : कैलालीको गोदावरी नगरपालिकाले नगर भित्रका २४ जना कृषकहरुलाई कृषि सामग्रीहरु वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले सोमबार एक कार्यक्रमका बीच नगरभित्रका बेमौसमी खेती गरिररहेका २४ जना व्यावसायीक किसानहरुलाई कृषि सामग्रीहरु वितरण गरेको हो ।
कृषि सामग्रीहरु नगरप्रमुख हरिसिंह साउँदले किसानहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख साउँदले आफूहरु जनप्रतिनिधि भएर आएपछि कृषि क्षेत्रमा लागेको किसानहरुलाई थुप्रै सहयोग गर्दै आएको बताए । उनले नगरपालिकावाट प्राप्त सहयोगवाट धेरै किसानहरुले अहिले ब्यासायीक रुपमा कृषि क्षेत्रलाई अगाडि बढाएको र केहीले सहयोग पाए व्यासाय गर्न नसकेको बताए । ‘हामीले तपाईहरुलाई आवश्यक साथ र सहयोग गरेर भोग जोगाई दिने हो यस्ता सानो सानो सहयोगवाट ठूलो उलपब्धी हासिल गर्न सक्छु भनेर लाग्नुपर्ने तपाईहरुको दायित्व हो’ उनले भने । ‘सामानहरु नगरपालिका दिएको के छ भनेर बेवास्ता गर्ने, लापरबाही गर्ने काम गर्नुहुदैन ।’
नगरपालिकाले व्यवसायिक रुपमा लागेका किसानहरुलाई थोरै भएपनि सहयोग गर्नुपर्छ भनेर सहयोग गरेले सानो सहयोगवाट पनि ठूलो उपलब्धी हासिल गरेर अगाडी बढ्न कृषकहरुलाई आग्रह गरे । १२ वटा वडा रहेको गोदावरी नगरपालिकाका प्रत्येक वडावाट २÷२ जना बेमौसमी खेती गरिररहेका ब्यावसायीक किसानहरुलाई छनौट गरेर कृषि सामग्रीहरु बितरण गरिएको कृषि शाखा प्रमुख नन्दी मल्लले जानकारी दिइन् ।
उनले सिजलन खेती भन्दा पनि बाह्रै महिना फलाउन सकिने बेमौसमी खेतीलाई निरन्तरता दिएर मनग्य आम्दानी गर्न सकुन र आयस्तरमा पनि बृद्धि होस भन्ने उद्देश्यका साथ बेमौसमी खेतीका लागि आवश्यक सामग्रीहरु सहयोग गरेको बताइन् । कृषि सामग्रीहरुमा प्लाष्टिक घर, खोका सचाई, बिउबिजन, मल लगायत सामग्रीहरु रहेको उनले बताइन् । आफुहरुले गरिरहेको बेमौसमी खेतीलाई थप प्रोत्साहन गर्न कृषि शाखाले आवश्यक परेका सामानहरु उलपब्ध गराएको भन्दै सहभागी किसानहरु खुसी भएका छन् ।