अत्तरिया, २० पुस : कैलालीको गोदावरीमा मकर मेला हुने भएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले २५ जना उपसमिति बनाएर उक्त मेला संचालन गर्ने तयारी गरेको छ ।
हरेक बर्ष जस्तै मकर सङ्क्रान्तिका दिन गोदावरी धाममा लाग्ने मेलामा स्नान गर्ने र पूजा गर्न भक्तजनको भीड लाग्ने गर्छ । मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । उक्त मेलामा पुजा तथा पाठ परायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने शिव भगवती मन्दिर पञ्चादस नाम जुना अखाडा तिर्थ धामका अध्यक्ष तुलसी गिरीले बताए ।
पवित्र तीर्थस्थल गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा १ गते देखि ७ गते सम्म माघी मेला संचालन हुने उक्त उपसमिति को संयोजक खेम ओझाले बताए ।