धनगढी : सुदूरपश्चिममा भारतबाट आएका मानिसमा कोरोना संक्रमण देखिने दर ह्वात्तै बढेको छ । त्रिनगर गौरिफन्टा नाकाबाट पछिल्लो दुई दिनमा आएका झन्डै १ हजार नागरिक मध्य ७ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा पोजेटिभ देखिएको छ ।
नागरिक सीमा सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार मङ्गलवार २३ जनामा र बुधवार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सीमामा अहिले भारतबाट आउने सबै नागरिकको अनिवार्य कोरोना परीक्षण गर्ने गरिएको छ । साथै भारतबाट आउने र जाने खोप नलगाएका नागरिकलाई समेत सीमामा खोप लगाउने गरिएको छ ।