Agni Offset Press

घूस काण्डमा मुछिएका बीओपीका सई चन्द वैद्यनाथ बाहिनी मुख्यालय तानिए

Aarati simant

धनगढी : कञ्चनपुरमा तस्करबाट घूस लिएको आरोप लागेका सशस्त्र प्रहरीका सई मुख्यालय तानिएका छन्। पुनर्वास नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बीओपी आपतालका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक (सई) वीरेन्द्र चन्द मुख्यालय तानिएका हुन्।

शनिबार भारतीय बजार बसहीबाट मोटरसाइकलमा ल्याइँदै गरेको हार्डवेयरको सामानसहित पक्राउ परेका भारतीय तस्करबाट पचास हजार घूस लिई छाडेको आरोपमा सई चन्द वैद्यनाथ बाहिनीको मुख्यालय कैलालीमा तानिएका हुन्।
सशस्त्र प्रहरीकै एक अधिकारीका अनुसार सई चन्दको ठाउँमा अर्को व्यक्तिसमेत पठाउने तयारी भइसकेको छ। ती अधिकारीले सई चन्दमाथि लागेको आरोपको विषयमा अनुसन्धान भइरहेको र गल्ती पुष्टि भए नियमावलीमा उल्लेखबमोजिमको कारबाही गरिने बताए।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.