Agni Offset Press

धनगढी उपमहानगरपालिका क्षेत्रको अतिक्रमण हटाउन एकीकृत समाजवादीको माग

Aarati simant

धनगढी : नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानरपालिका क्षेत्रमा गरिएको खोलानाला अतिक्रमण हटाउन माग गरेको छ ।
धनगढी प्रदेशको अस्थायी मुकाम समेत हो । बिहीबार एकीकृत समाजवादी पार्टी धनगढी नगर कमिटिले मेयर नृपबहादुर वडलाई ज्ञापन पत्र बुझाउँदै खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माग गरेको हो ।

नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरेर भौतिक संरचना बनाउने क्रम बढेपछि डुबानको समस्या पनि बृद्धि भएकाले यथाशिघ्र अतिक्रमण हटाउन माग गरिएको एकीकृत समाजवादीका नगर अध्यक्ष मदनराज रेग्मी बताए । नगर अध्यक्ष मदनराज रेग्मी र सचिव बाबुराजा श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘अतिक्रमण गरि बनाइएका संरचना हटाएर उपमहानगरपालिको नेतृत्वले यथाशिघ्र डुबानको समस्या हल गर्न र व्यवस्थित शहर निर्माणमा ध्यान देओस् ।’ अतिक्रमण हटाउने कामको थालनी नगरिएमा समाजवादीले आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.