Agni Offset Press

गोदावरी नगरपालिकाकी उपप्रमुख कडायत नगर विकास कोष समितिको सदस्यमा मनोनित

Aarati simant

अत्तरिया, २२ पुस : कैलालीको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत नगर विकास कोष समितिको सदस्यमा मनोनित भएकी छन् । नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार उपप्रमुख कडायतलाई २ बर्षका लागि नगर बिकास कोष संचालक समितिको सदस्य पदमा मनोनित गरिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषदको पुस १४ गतेको निर्णय अनुसार यस मन्त्रालय सम्बद्ध नगरविकास कोष ऐन २०५३ को दफा १४ को उपदफा २ घ बमोजिम २ बर्षको लागि नगर बिकास कोषको संचालक समितिको सदस्यमा पदमा मनोनित गरिएको ब्यहोरा अनुरोध गरिएको शहरी विकास मन्त्रालयले निकालेको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
आफूलाई योग्य ठानेर नगर बिकास कोष समितिको सदस्यमा मनोनित गरेको भन्दै उपप्रमुख कडायतले सरकारलाई धन्यवाद दिएकी छन् । उनले आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा पालना गर्ने समेत बताएकी छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित भएकी कडायत एमाले विभाजनपछि माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा गएकी छन् । उनी अहिले नेकपा एकिकृत समाजवादी कैलालीकी उपाध्यक्ष रहेकी छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.