Agni Offset Press

हिमशिखर सहकारी द्वारा असायलाई खाद्य सामग्री र नगद सहयोग

Aarati simant

धनगढी : हिमशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले असाय नागरिकहरुलाई खाद्यान्न र नगद सहयोग गरेको छ । संस्थाको १४ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार खाद्यान्न सहयोग गरेको हो । धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न हस्तारण गरेको संस्थाले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले ८ हजार ६ सय बराबरको खाद्यान्न र ५ हजार एक सय ५५ रुपैयाँ नगद दिएको संस्थाको हसुलिया शाखाका प्रबन्धक युवराज जोशीले जानकारी दिए । खाद्य सामग्री र नगद संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले दृष्टि फाउन्डेसनकी सदस्य तुलसी भट्ट लाई हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन सिंह, सचिव विमलकुमार जोशी, कोषाध्यक्ष लक्ष्मीराज भट्ट, सदस्य बिष्णुदेवी पुरी, प्रबन्धक महेन्द्र शाही लगायत कर्मचारीको उपस्थिति रहेको थियो । संस्थाले बार्षिकोत्सवको अवसरमा हरेक बर्ष सामाजिक क्षेत्रमा कार्य गदैँ आएको छ ।
धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर सहकारीको कैलारी गाउँपालिका र गोदावरी नगरपालिका समेत शाखा रहेको छन् । यस्तै चाडै नै गौरीगंगा नगरपालिकामा पनि शाखा विस्तारको क्रममा रहेका प्रबन्धक महेन्द्र शाहले जानकारी दिए । संस्थाको पुस २५ गते आईतबार १३ औँ वार्षिक साधारणसभा छ । साधारणसभामा सम्पूर्ण शेयर सदस्यहरुलाई उपस्थितिका लागि संस्थाका अध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.