Agni Offset Press

काँग्रेस नेताको पहलमा बाढी पीडीतलाई राहत

Aarati simant

जगदीश रोकाया
बझाङ, २३ पुस : बझाङ स्थायी घर भएका तर, हाल धनगढीमा बस्ने नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको पहलमा बाढी पीडित परिवारहरुलाई राहत वितरण गरेको छ ।
नेपाली काँग्रेस बझाङ धनगढी सम्पर्क समितिले पीडित परिवारको राहतका लागी संकलन गरेको अभियानबाट झण्डै ९ लाख नगद जिन्सी सामान संकलन भएपछि सम्पर्क समितिले बाढी प्रभावित क्षेत्रमा पुगि राहत वितरण गरेको हो ।
समितिको टोलीले वित्थडचिर गाँउपालिकामा भएको बाढीपीडित परिवारहरुका लागी ५५ हजार केदारस्युुँ गाँउपालिकाका पीडित परिवारका लागी ४५ हजार र थलारा गाँउपालीकाका पीडित परिवारहरुका लागी २ लाख नगद र २ लाख २५ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरेको राहत संकलन समितिका संयोजक तथा बुंगलन नरपालिका नेपाली काँग्रेस पार्टी सभापती नरेशबहादुुर थापाले जानकारि दिए ।
साथै उक्त टोलिले खप्तडछान्ना गाँउपालिकामा १ लाख ५१ हजार रकमको खाद्यन्न जिन्सी सामान दिएको छ । काँग्रेसका नेताहरुले छविसपाथीभेरा गाँउपालिकामा १० हजारको खाद्यन्न सामग्री वितरण गरेको छ भने जिल्ला विपद् व्यवस्थापन समितिलाइ पनि १५ हजार नगद सहयोग गरेको छ ।
राहत वितरण गर्न आएको टोलिले बाढी प्रभावित पालिकाका काँग्रेसका नेताहरुसंग समन्वय गरि पीडित परिवारहरुलाइ राहत दिएको हो । टोलिले शुुक्रबार प्रमुख जिल्ला अधिकारीसंग भेटगरि राहत वितरण रकम दिएको स्थान र अन्य जिल्लाको विपद्को अवस्था बारे बुुझविस्तार गरेका थिए । असोज अन्तिम साता आएको बेमौसमी बर्षाका कारण बझाङमा धेरै धनजनको क्षति भएपछि मानवीय धर्म र दुुखमा आफ्ना जनताहरुको घाउमा मलमपट्टी होस भन्ने उदेश्यले सवै मनकारी व्यक्तिहरु बाट राहत संकलन गरि वितरण गरेको टोलिका सदस्य तथा काँेग्रेस महाधिबेशन प्रतिनिधि देवराज शर्माले जानकारि दिए । राहत दिने ३१ जना परोपकारी मानवताबादी व्यक्तिहरु मध्य केहिले नगद दिएको र नरेश कुँवर र भिम बोहराले खाद्यन्न त्रिपालहरु दिएको वताएको छ ।
प्रमुख जिल्ला अधिकारीले राहत दिन आएको टोलिलाई बधाइ साथै यस्तो कार्यको उच्च प्रशंसा गरेका थिए । बझाङ–धनगढी काँग्रेस सम्पर्क समितिले यस अगाडि पनि कोरनाको बेला भारतबाट आएका नेपालीहरुलाई नाकामा खाना खुुवाएको थियो भने गत वर्ष बझाङको मेल्लेसीका बाढीपीडित परिवारलाइ पनि राहत दिएको थियो ।
राहत वितरण गर्न आएको टोलीमा काँग्रेसका नेताहरु नरेश थापा, देबराज शर्मा, कटक जप्रेल, गणेश विष्ट, झलक रावल लगायतका थिए । यसपाली बाढी पहिरोले बझाङमा ३२ जनाको मृत्युु २ सय ५५ घर पुुर्णक्षति र अन्य जग्गा जमिन भौतीक संरचनाको धेरै क्षति भएको थियो । अहिले सम्म १ करोड सरकारी तहबाट राहत वितरण गरि सकेको र अन्य समुह समिति संस्था र पार्टी पंतिवाट पनि पीडित परिवारलाई राहत दिएको समेत प्रजिअ अधिकारीले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.