
अत्तरिया, २३ पुस : नेपाल कम्युनिट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक प्रदेशका ८ जिल्लामा नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । । बझाङमा प्रतिकुल मौसमका कारण हुन नसकेको जनाएको छ ।
अधिकांश जिल्लामा अध्यक्षका लागि एक भन्दा बढी छन् । सहमतीको प्रयास भइरहेको छ भने सहमती हुन नसके निर्वाचनमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ । प्रदेशको सबै भन्दा चासोका रुपमा हेरिने जिल्ला कैलालीमा नेतृत्वका तीन जना आकांक्षी छन् । रणबहादुर चन्द, रतन थापा, र डेजी पाण्डेले आकांक्षी छन् । एमालेको अघिल्लो अधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापा अहिले जिल्ला अध्यक्ष र सचिवमा निर्वाचित चन्दले उपाध्यक्षको पद सम्हालिरहेका छन् ।
कैलालीमा सहमती हुने सम्भावना कम रहेको नेताहरुले बताएका छन् । ‘सहमतीको सम्भावना एकदम न्यून रहेको छ’ एक नेताले भने । नेता भीम रावल पक्षधर नेता कार्यकर्ताहरु निर्वाचन हुनुपर्ने जोड दिईरहेका छन् भने भिमरावल इतरपक्ष सहमतीमा टुङगाउनु पर्ने भनिरहेका छन् ।
कञ्चनपुरको नेतृत्व छनोटका लागि पनि तीन जनाले दाबेदारी पेश गरेका छन् । जिल्लामा एमालेका वर्तमान अध्यक्ष वीरबहादुर थापा, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्द अध्यक्षमा आकांक्षी छन् । डडेल्धुरामा अध्यक्षका लागि वर्तमान अध्यक्ष प्रकाश साउँद, अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही र प्रदेश कमिटी सदस्य पदम पालले आकांक्ष देखाएका छन् । बैतडीमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द अध्यक्ष पदमा आकांक्षी देखिएका छन् ।
पार्टीले सहमति गरेमा दार्चुलामा वर्तमान अध्यक्ष रामचन्द्र जोशी पुनः अध्यक्ष बन्ने दाउमा छन् । तर उनीसँगै नौगाढ गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामी, वर्तमान उपाध्यक्ष उदयसिंह बडाल र ज्ञानेन्द्र घर्तीले पनि अध्यक्ष बन्ने चाहना बनाएका छन् । बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्षका आकांक्षी छन् । बाजुरामा नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थाई कमिटि सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य लालबहादुर थापाको फर– फरक धारमा हुने चर्चा छ ।
स्थाई कमिटि सदस्य कर्णबहादुर थापाको टिमबाट लालबहादुर ओली अध्यक्षका उम्मेद्वार रहने र केन्द्रीय सदस्य लालबहादुर थापाको टिमबाट कालीबहादुर उम्मेद्वारी रहेन चर्चा छ ।
युवापीढीहरु चुनाव हुनुपर्नेमा जोड दिईरहेका छन् भने केन्द्रीय स्तरका नेताहरूको सहमती गरेरै अधिबेशन सम्पन्न पार्ने गृहकार्यमा जुटेका छन । चुनाव हुदा अन्तरिबरोध हुने भएकोले सहमतीमै टुङ्याउन कोसिसमा लाग्ने एमाले बाजुराका एक नेताले बताएका छन अछाममा प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैशी पनि अध्यक्षका आकांक्षी देखिएका छन् ।
