Agni Offset Press

हिमशिखर सहरकारीको १३ औँ वार्षिक साधारणसभा : ३६ करोड ७३ लाख बढी निक्षेप

Aarati simant

धनगढी, २५ पुस : धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आईतबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीको प्रमुख आथित्यतामा साधारणसभा सम्पन्न भएको हो ।


मन्त्री सोडारीले न्यूनआय भएका व्यक्तिहरुको जिवनस्तर उकास्नमा सहकारी महत्वपूर्ण माध्याम भएका बताए । मुलुकको आर्थिक स्थिति बलियो बनाउनमा पनि सहकारीको महत्वपूर्ण भूमिका रहेको उनले बताए । ‘सरकारको तीन खम्बे आर्थिक रणनीति अन्तर्गत सहरकारी पनि एक हो’, मन्त्री सोडारीले भने । उनले आर्थिक क्षेत्रमा हिमशिखर पु¥याएको योगदानको मन्त्री सोडारीले प्रशंसा गरे ।


हिमशिखरको आर्थिक बर्ष २०७७\०७८ मा २ करोड ५५ लाख १२ हजार ५ सय शेयर पुँजि पुगेको छ । जुन आर्थिक बर्ष २०७६\०७७ भन्दा ३७ लाख ७० हजार ८ सय बढी हो । आव २०७६\०७७ मा २ करोड १७ लाख ४१ हजार ७ सय रुपैयाँ शेयर पुँजि रहेको थियो । हिमशिखरको निक्षेप आर्थिक बर्ष २०७७\०७८ मा ३६ करोड ७३ लाख ४० हजार २ सय ३६ रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक बर्ष भन्दा ७६ दशमलव ७३ ले बृद्धि भएको हो । अघिल्लो आर्थिक बर्ष २८ करोड १८ लाख ६० हजार २ सय ८३ रहेको थियो । आर्थिक बर्ष २०७७\०७८ मा ८ करोड ८२ लाख ९४ हजार ४ सय ८२ रुपैयाँ रहेको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सभामा प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा उल्लेख रहेको छ ।


कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरेको हो । संस्थामा ४२ जना कर्मचारी मध्ये उत्कृष्ट काम गरे वाफत क्यासियर प्रिंका जोशी, सहकारीमा पत्रकारीताका माध्यामबाट कलम चलाए वार्फत पत्रकार डा. पुस्करराज भट्ट लाई सम्मान गरेको हो । यस्तै सहकारी सदस्यहरु मध्ये जेष्ठ शेयर सदस्य (महिला) सीतादेवी बम, जेष्ठ सदस्य (पुरुष) बाल्मिकी शर्मालाई सम्मान गरेको हो । सहकारीमा उत्कृष्ट बचत कर्ता चित्रा जोशी, उत्कृष्ट ऋणी भोजराज पडाललाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार मन्त्री सोडारीले दोसल्लाह तथा नगद कदरपत्र दिएर सम्मान गरेका हुन् ।


संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अभियान्ता भोज वम, कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्मा, जिल्ला सहकारी संघ कैलालीका उपाध्यक्ष फणेन्द्र सापकोट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका हुन् । संस्थाका उपाध्यक्ष रोशन सिंहले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विमलकुमार जोशीले गरेका हुन् । कार्यक्रममा सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एंव प्रतिनिधि, पत्रकार र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।


धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर सहकारीको कैलारी गाउँपालिका र गोदावरी नगरपालिका समेत शाखा रहेको छन् । यस्तै चाडै नै गौरीगंगा नगरपालिकामा पनि शाखा विस्तारको क्रममा रहेका संस्थाका प्रबन्धक महेन्द्र शाहले जानकारी दिएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.