Agni Offset Press

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपातको सम्भावना

Aarati simant

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहान प्रदेश १ र २ लगायत क्षेत्रमा बदली छ । दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि आँकलन गरिएको छ ।

राति प्रदेश १, बाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.