
अत्तरिया : नेकपा एमाले अछामको आठौँ औँ अधिवशेन सुरु भएको भएको पाँच दिन भयो । शुक्रबारबाट अधिवेशन सुरु भएको हो । अछाममा एमाले नेता भीम रावलको गृह जिल्ला हो । त्यहाँ पनि दुई जना उम्मेद्वार बीच कडा प्रतिस्पर्धा देखिएको छ । ५ दिन देखि सहमतीको प्रयास गर्दा पनि सहमती हुन नसकेपछि अन्ततः निर्वाचनमा भएको छ । सहमती जुटाउन एमाले केन्द्रिय सदस्य झपट बोहरा र यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कमल तिमिल्सेना, प्रदेश सदस्यहरु र जिल्लाका नेताहरु रहेका थिए । मंगलबार विहान ९ बजे देखि मतदान सुरु भएको थियो । अध्यक्षमा निवर्तमान सचिवालय सदस्यद्धय चन्द्र बोहरा र प्रकाश शाह प्यानलसहित चुनावी मैदानमा छन् ।
नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष थिए । बोहरा केपी ओली पक्षबाट र शाह रावल पक्षबाट निर्वाचनमा लडेका छन् ।
बोहरा प्यानलको उपाध्यक्षमा भीमबहादुर विष्ट, सचिवमा आदर्श साउँद, उपसचिवमा डम्बर बीसी र टोपबहादुर शाही रहेका छन् । यस्तै शाह प्यानलमा उपाध्यक्षमा बलबहादुर कुँवर, सचिवमा भीमबहादुर रावल, र उपसचिवमा प्रेम महर र प्रेम खत्री रहेका छन् ।
उपसचिवमा लिलाराज केसी नवराज साउँद र शेरबहादुर बुढाले स्वतन्त्र उम्मेद्वारी छन् । बोहरा प्यानलमा सचिव पद पूर्वमाओवादीका उम्मेद्वार रहेका छन् भने शाह प्यानलको पदाधिकारीमा एमाले पृष्ठभूमिकै उम्मेद्वार छन् । भूगोलको (स्थानीय तह), खुला, महिला, दलित, जनजाति, अपांग, अल्पसंख्यकमा समेत दुई प्यानल बनाएर चुनावी प्रतिपष्पर्धा छ ।
एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् । निर्वाचनका लागि अछामका ९१ वडाबाट छानिएका प्रतिनिधि र आयोजक गरेर सातसय ६२ जनाले मतदान गर्न पाउने छन् । सोमबार बिहान ९ बजेबाट भएको मतदान मंगलबार साँझ मात्र सकीएको थियो । जिल्लामा ७ सय ६२ जना मतदाता रहेको अधिबेशनमा ७ सय ५० मत खसेको छ । मतदान सकिए आज राति देखि नै मतगणना हुने जनाएको छ ।
