एमाले कञ्चपुर नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना आज

अत्तरिया : नेकपा (एमाले) कञ्चनपुरको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ।

मंगलबार मध्यराति मतदान कार्य सम्पन्न भएको एमालेका नेताहरुले बताएका छन्। मतदानमा ४७० खसेको निर्वाचन समितिले जनाएको छ। महेन्द्रनगरस्थित पार्टी कार्यालयमा मंगलबार बेलुका ५ बजेदेखि सुरु भएको मतदान राति २ बजेसम्म चलेको थियो। बुधबार बिहान १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । ५ जना पदाधिकारी सहित १२० सदस्यीय जिल्ला कमिटी चयनका लागि मतदान भएको हो। एमाले कञ्चनपुरमा कुल ४९९ मतदाता थिए।

वर्तमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द र उपसचिवमा शेरबहादुर चन्द उम्मेदवार बनेका छन्। यस्तै बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द चुनावी मैदानमा छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.