Agni Offset Press

जनकपुर बन्यो प्रदेश २ को स्थायी राजधानी

Aarati simant

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुर हुने निश्चित भएको छ। प्रदेश राजधानी तोक्न भएको मतदातमा जनकपुरको पक्षमा कूल सहभागी ९९ मध्ये ७८ मत खसेको छ। विपक्षमा भने २० मत मात्रै खसेको छ। प्रदेश राजधानी र नामाकरण तोक्न मंगलबार मतदात भएको थियो।

प्रदेश २ को राजधानीको विषयमा तीनवटा प्रस्ताव मतदानका लागि तय गरिएको थियो । जसमा जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग पूर्वमा कमला नदी दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भू-भाग) पहिलो प्रस्ताव थियो। यसका प्रस्तावकहरु परमेश्वर साह, रविन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साह रहेका थिए।

दोस्रो प्रस्ताव वीरगंज (पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर सिमरा नीजगढ हुँदै सिमरौनढ सम्म) रहेको थियो। यसका प्रस्तावक सिंगासन सा कलवार छन्। तेस्रो प्रस्ताव वीरंगज महानगरपालिकाभरि रहेको छ, जसको प्रस्तावक राजेश्वर प्रसाद शाह थिए।

प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको छ। जसमा मधेस प्रदेशका प्रस्तावक शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह छन्। जानकी प्रदेशको प्रस्तावक प्रमोद कुमार यादव र मिथिला भोजपुराका प्रस्तावक शिवचन्द्र चौधरी रहेका छन् भने मध्य मधेश प्रदेशको प्रस्तावक राजेश्वर प्रसाद शाह छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.