Agni Offset Press

बैतडीमा भएको बस दुर्घटनामा को–को भए घाईते

Aarati simant

धनगढी : बुधबार कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको ना ७ ख २५७० नम्बरको ३२ यात्रु सवार बस बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ रउतगाउँ नजिक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार बिहीबार बिहान ६ बजेतिर उक्त बस सडकबाट ५ मिटर तल खसेको थियो। दुर्घटनामा बैतडीको मेलौली नगरपालिकाका ६ का ४९ वर्षका कमलापति भट्ट, मेलौली ९ का २४ वर्षका दुर्गादत्त भट्ट, सोही ठाउँका ६८ वर्षका रामसिह साउद, मेलौली २ का २१ वर्षका मनिस चन्द घाइते भएका छन्।

यस्तै शिवनाथ गाउपालिका ५ की २१ वर्षकी शुसीला चन्द, सोही गाउँपालिका ६ का २१ वर्षका जनक औजी, बारा जिल्लाका ४५ वर्षका सिराज अन्सारी र कञ्चनपुरको दैजीका २१ वर्षीया पूजा भट्ट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन खडकाले जानकारी दिए। घाइते ८ जनालाई प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल पठाएको छ। दुर्घटनाको कारण पत्ता नलागे पनि प्रहरीले चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का विरेन्द्र लुहारलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.