Agni Offset Press

गोदावरीमा यथासिघ्र नगर कमिटी चयन गर्न माग

Aarati simant

अत्तरिया, १३ माघ : कैलालीको गोदावरी नगरपालिकामा यथासिघ्र एमाले पार्टीको नगर कमिटि चयन गर्न माग गरेको छ । नगर कमिटि चयनको माग गदैँ वडा न.६ का अध्यक्ष संतोष सिंह, वडा न. ४ का अध्यक्ष रबिन्द्र रोकामगरको पहलमा सम्पूर्ण ११ वडा कमिटीका अध्यक्षको पूर्ण सहमतीको छलफल बाट नगर कमिटीमा गोकर्ण भट्ट नेतृत्वमा चयन गर्न माग गदैँ एमाले जिल्ला अध्यक्ष रतनथापालाई ज्ञापन पत्र बुझाएको हो ।

यस्तै बिदादित रहेको वडा न.१ कमिटि पनि चयन गर्न माग गरेको वडा न. ४ का अध्यक्ष रबिन्द्र रोकामगर जानकारी दिए । नगरका ११ वटै वडाको वडा अध्यक्षको हस्ताक्षर सहितको ज्ञापनपत्र जिल्ला अध्यक्ष थापालाई बुझाएको उनले बताए । वडा कमिटी विवादित हुँदा र नगर कमिटी कार्यकारी नहुँदा वडा तहमा हुनुपर्ने विभिन्न गतिविधि लामो समय देखि रोकीदा पार्टीलाई नजिकै आउदै गरेको तीन तहको निर्वाचनमा प्रभाव पर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

यस्तै टोल कमिटी गठनमा परेको समस्या लगायत नगर कमिटिले दिनुपर्ने निर्देशन र गर्नुपर्ने सहकार्य नहुँदा पार्टीकाको आन्तरिक संगठनतमक क्रियाकलाप ठप्प भएको जनाएको छ । नगर कमिटि नहुँदा पार्टीलाई दीर्घकालिन रुपमा नपर्ने गरी यथाशीघ्र निचोड़ निकाल्न पार्टी जिल्ला नेतृत्व लाई ध्यानकर्षण गारएको जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.