नयाँ नेतृत्व चयन गर्न एमालेको गोदावरी नगरमा बन्द सत्र हुँदै
अत्तरिया : नेकपा एमाले गोदावरी नगरकमिटीको बन्द सत्र मंगलबार हुने भएको छ । कार्तिक १५ गते उद्घाटन सत्र भएको बन्द सत्र विविध कारणले स्थगित भएको थियो ।
पार्टीको केन्द्रिय र जिल्ला अधिबेशन सम्पन्न भइसकेका छन । वडा नम्बर १ मा नेतृत्व चयनमा विवाद हुँदा बन्द सत्र हुन सकेको थिएन । बन्द सत्र अत्तरियाको नमस्ते प्यालेसमा हुने जनाएको छ ।
नगर अध्यक्ष गोकर्ण भट्टले कोभिड –१९ लाई मध्यनजर गर्दै प्रतिनिधिमुलक सहभागीता जनाइ बन्द सत्र सञ्चालन हुने बताए । बन्द सत्रले नगरको नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व चयन सर्ब सम्मतीबाट नै गर्न नेताहरुले आन्तरिक तयारी पनि शुरु गरेका छन । नगर अध्यक्षमा गोकर्ण भट्टकै चर्चा रहेको छ ।