दार्चुला तिंकर सडकको थप ४ किलोमिटर निर्माण गर्ने जिम्मा नेपाली सेनालाई
दार्चुला,१८ माघ : सरकारले दार्चुलाको तुषारपानीदेखि कोठाधारसम्मको ४ किलोमिटर सडकको ट्रयाक निर्माण नेपाली सेनाबाट गराउन गराउने भएको छ । दार्चुला तिंकर सडक अन्तरगत सुनसेरासम्म अहिले ट्रयाक खुलेको छ । त्यहाँबाट अगाडि नेपाली सेना र ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो ।
दार्चुला तिंकर सडक आयोजना कार्यालयले ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेपछि थप ४ किलोमिटर ९तुषारपानी देखि कोठेधारसम्म० सडक आयोजना नेपाली सेनाले निर्माणको जिम्मा पाएको हो । सम्झौता अनुसार काम नभएपछि ठेकेदार कम्पनी कारवाहीमा परेको थियो ।
अहिले उक्त क्षेत्रमा काम भइरहेको छ । महाकाली लोकमार्ग अन्तरगतको ४२५ किलोमिटर अन्तरगत दार्चुला खलंगादेखि तिंकरसम्म १३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम जारी छ । सडक अन्तरगत यो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का स्वीकृत गरी ३ अर्ब ९७ करोड बजेट सुनिश्चित भएको छ ।