Agni Offset Press

सुदूरपश्चिम लगायतका क्षेत्रमा वर्षा जारी, सतर्कता अपनाउन २४ घण्टे चेतावनी

Aarati simant

अत्तरिया : पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठकाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा र हिमपात भएको छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन\चट्याङ\असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

मौसमी प्रणालीको प्रभाव विस्तारै पश्‍चिमबाट पूर्वतिर सरेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित पूर्वका जिल्लामा पनि बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको हो । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ । उपत्यकामा बिहीबार रातिदेखि वर्षा भएको छ भने भने तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । आज दिउँसो स् देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङरअसिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.