मूल्यवृद्धिको बिरोधमा अनेरास्ववियू कैलालीले आज सरकारी गाडी बन्द गर्ने

अत्तरिया : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा शुक्रबार आज कैलालीमा सरकारी सवारी साधन संचालनमा रोक लगाउने भएको छ । मूल्यवृृद्धिको विरोधमा आन्दोलनरत अनेरास्ववियू कैलाली जिल्ला कमिटीले सरकारी नम्बरका प्लेटका सवारी साधनलाई चल्न नदिने जनाएको छ ।

मूल्यवृद्धि फिर्ताको माग राख्दै ज्ञापन पत्र बुझाउनेदेखि शान्तिपूर्ण र्यालीको आयोजना गर्दा पनि सरकारले चासो नदिएकोअनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले बताए । ‘अहिले जनता कोरोना कहरले आक्रान्त भएका छन् यस्तो बेला सरकारले राहत दिनु पर्ने हो,’ उनले भने ‘राहत दिनु पर्ने सरकारले आहत दिएपछि हामी आन्दोलनमा उत्रिएका हौं ।’ मूल्यवृद्धि फिर्ता नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.