हिउँमा रमाउनेहरु (फोटोमा)

अत्तरिया  : सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार साँझदेखि पहाडी सातवटा जिल्लाका हिमाली र पहाडी क्षेत्रमा हिमपात भइरहेको हो।

डडेलधुराको उच्च लेकाली भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो। बाक्लो परेको हिमपातमा यहाँका स्थानीयवासी रमाउन थालेका छन्।

हिउँसँग खेल्नेको भीडले डाँडाकाँडा भरिभराउ देखिन्छन्। तराइका जिल्लाबाट हिउँमा रमाउन पहाड चढ्‍नेको घुइँचो लागेको छ। गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ। हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउनेको ताँती छ। हिमपातले जनजीवन कष्टकर भएपनि तराईबाट पहाडमा पुगेर रमाउनेहरु भने धेरै छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.