Agni Offset Press

धनगढीमा हुने एलपीएलको विजेतालाई १ लाख ५० हजार

Aarati simant

धनगढी, २१ माघ : आगामी फागुन २ गतेदेखि आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटलफ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४ गतेसम्म सञ्चालन हुने एलपीएल–६ को मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा आयोजक र धनगढी उपमहानगरपालिकाबिच सम्झौता भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उपमहानगरले खेल र खेलाडीको स्तरवृद्धिका लागि आफूहरूले यो क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए । ‘हामले क्रिकेटमा एलपीएललाई विगतबाट निरन्तर प्रोत्साहन प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘क्रिकेटमा मात्र हैन फुटबलतर्फ पनि हामीले खप्तड गोल्ड कप देखि अन्य स–साना प्रतियोगितालाई प्राथमिकतामा राखेका छौँ । यस्तै प्रयासहरूबाट अहिले एलपीएल खेलेका खेलाडी राष्ट्रिय स्तरका अन्य प्रतियोगितामा राम्रो छाप छोड्न सफल भएका छन् । यी प्रतियोगिताहरू खेलाडी उत्पादन र खेल क्षेत्रको स्तरोन्नतिका लागि महत्वपूर्ण बन्दै गएका छन् ।’ लिटलफ्लावर प्रिमियर लिग निरन्तर छैटौँ संस्करणसम्म सञ्चालन भइरहेको प्रति खुसी व्यक्त गर्दै मेयर वडले यसलाई अझै परिष्कृत बनाएर अघि बढ्नुपर्ने बताए ।
प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उप–विजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा भलिरहेको भन्दै उनले मैदान निर्माणको काम सम्पन्न हुने तयारीमा रहेको बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०÷१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए । प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा काठ्माण्डौँ, कैलाली र कञ्चनपुरका १० विद्यालय स्तरीय क्रिकेट टिमको सहभागिता रहने छ । जसमा प्रत्येक टिमले ४ जना विद्यालय बाहिरका १९ वर्ष मुनिका खेलाडी समेत राख्न पाउने छन् । आसन्न संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल, उप कप्तान शेर मल्ललगायतका खेलाडी समेत सहभागी हुनेछन् । प्रत्येक टिमलाई दुई समूहमा विभाजन गरी समूह चरणमा एउटा टिमलाई ४÷४ वटा खेल खेलाइन् छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.