अत्तरिया, २३ माघ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको शुभकोटी मोटर्स यामाहा शोरुमले यामाहा ‘एक्चेन्ज एण्ड अपग्रेड’ एक्सचेन्ज अफर ल्याएको छ ।
यामाहा नेपाल कम्पनी एमए डब्ल्यू इन्टरप्राइजेज प्राइभेट लिमिटेडद्वारा अन्तर्गत यामाहा मोटरसाइकल र स्कूटरको अत्तरिया क्षेत्रको एक मात्र आधिकारिक विक्रेता शुभकोटी मोटर्स यामाहा शोरुम ले यामाहा ‘एक्चेन्ज एण्ड अपग्रेड’ एक्सचेन्ज अफर ल्याएको हो । अफर माघ २३ गते देखि २८ गते ६ दिनसम्म सञ्चालन हुने छ ।
अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि कम्पनीको पुरानो मोटोर्साइकल र स्कूटर लिएर आउन सक्ने छन् । अफरमा कुनै पनि पुरानो मोटरसाइकल या स्कूटरको प्रचलित बजार भ्यालुएसन मूल्य भन्दा १० हजार रुपैयाँ सम्मको थप गरि दिने बताईएको छ । साथै सहज फाइनान्स को सुविधा समेत यस अफर मा रहेको छ ।
यामाहा एक्सचेन्ज अफरमा सोचेको भन्दा कम डाउन पेमेन्ट मा ० % प्रतिशत ब्याज का साथै प्रत्येक नयाँ यामाहा कम्पनी को मोटसाइकल र स्कुटर खरिदमा ७ हजार सम्म को नगद छुट गरेको छ । यस्तै निःशुल्क एसेसरिज सुविधा समेत यामाहा कम्पनी सुभकोटि मोटर्सले उपलब्ध गरेको छ । साथै एफएफआई सिस्टम भएको जुनसुकै मोटोर्साइकल र स्कुटर मा नयाँ प्रविधि कम्पुटर द्वारा गाडीको अवस्था चेक जाँच गरिने बताएका छ ।