कमल थापाले दिए राप्रपाबाट राजीनामा
अत्तरिया : राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् । थापाले हेटौँडाबाटै अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा पत्र पठाएका हुन् । उनी महाधिवेशनमा अध्यक्ष पदबाट पराजित भएपछि विभिन्न असन्तुष्टि पोखीरहेका थिए ।