Agni Offset Press

एमाले डोटीका पूर्व जिल्ला अध्यक्ष मलासी एकीकृत समाजवादीमा प्रवेश

Aarati simant

अत्तरिया : नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।

मलासीलाई नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जोशी,नेता गरिमा शाह लगायतले स्वागत गरेका हुन् । मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् । सोही बैठकबाट जोरायल गाउँपालिका(६ का वडाध्यक्ष लालबहादुर साउद पनि एमाले छाडेर नेकपा एसमा प्रवेश गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.