Agni Offset Press

पर्यटकको राेजाईमा गोदावरीको ‘काठेपुल’

Aarati simant

अत्तरिया : कैलालीमा पछिल्लो समय पर्यटकका लागि उत्कृष्ट गन्तव्य गोदावरी बनेको छ । गोदावरीमा पनि अझै पुराना र जिर्ण काठेपुल अझ आकर्षणमा रहेको छ । हिजोआज सामाजिक सञ्चाल फेसबुक, टिकटकमा काठे पुल भाईरल नै बन्ने गरेको छ ।
गोदावरी नगरपालिका वडा नं २ र ४ मा पर्ने गोदावरी धाम देशभरका विभिन्न धामहरु मध्येको एक हो । यस क्षेत्रमा भएको सम्भावना अथाह छ । ‘गोदावरीमा पुगिसकेपछि पुलमा गएर सेल्फी नखिच्दासम्म मनको धोको पुरा हुँदैन’, यहि शनिबार गोदावरीमा पुगेकी धनगढीकी शुष्मा बरालले भनिन् । ‘धेरैको टिकटकमा देखिएकोले पनि हुन सक्छ ।’ उनले पुलमा लगाएको राष्ट्रिय झण्डाले गर्दा अझै धेरैलाई आकर्षण गरेको बताईन् ।
‘पुल हेर्दा पुरानो छ । तर, रमाईलो पनि उत्तिकै छ’ शुष्माले भनिन् । ‘अहिले यस्तो पुल कहि कतै नबन्ने भएर पनि होला यसको आकर्षण धेरै नै रहेको छ ।’ गोदावरी विद्यार्थीहरुको लागि पिकनिक स्पट बनेको हुँदा यसको गरिमा बचाउन सबैले लाग्नुपर्ने उनले बताईन् । ‘गोदावरीमा पछिल्लो समय कैलाली र कञ्चनपुरमा नागरिकहरु मात्र पुगेका छैनन्’ कक्षा १२ मा अध्ययन गदैँ गरिकी शुष्माले भनिन् । ‘सुदूरपश्मिमा पुग्नेहरु गोदावरी नपुगेर फकिदैनन् ।’
उनले गोदावरी क्षेत्रमा विभिन्न प्रकारको गोलघरहरु निर्माण गर्नुपर्ने सुझाव दिईन् । कैलालीको अत्तरिया बजारदेखि ८ किलोमिटरको दुरीमा रहेको गोदावरी आन्तरिक पर्यटकहरुको पहिलो रोजाई बन्न थालेको हो । उक्त काठेपुलमा दैनिक सयौको संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय सामाजिक संजाल फेसबुक र टिकटक भिडियो बनाउनकै लागि भएपनि कैलाली कञ्चनपुर लगायतका विभिन्न ठाउँवाट ठूलो संख्यामा युवायुवतीहरु काठे पुलमा पुग्ने गरेका छन् । शुक्रवार र शनिवारको दिन त गोदावरीमा थेगिनसक्नु भिड लाग्ने गरेको छ । ‘गोदावरी हरेक दृष्टिकोणले गर्दा महत्वपूर्ण भएको हुँदा यहाँ पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्य बन्ने छ’, गोदावरी नगरपालिका–३ चौकीडाँडाका अर्जुन रावलले भने । ‘यो सडक भएर हिड्नेहरु एक सेल्फी खिचेर जान्छन् । सेल्फी खिच्नकै लागि आए पनि त्यहाँको आर्थिक गतिविधिहरु बढ्छन् । यसले गर्दा धेरैको रोजिरोटी चल्छ ।’ उनले गोदावरीमा भएको जिर्ण पुललाई रोङरोगन गर्न सकेमा मात्र पनि अझै पर्यटकहरुको संख्या बढ्ने बताए ।
गोदावरी नगरका स्थानीय युवाहरुको अगुुवाइमा काठेपुलको वरीपरी नेपालको राष्ट्रिय फहराएपछि पुल झनै आर्कषित बनेको हो । काठै काठवाट बनेको पुलमा फोटो खिच्न र टिकटक बनाउदाँ निकै आर्कषित हुने भएकाले पुलमा पुग्ने गरेको त्यहाँ जानेहरु बताउने गरेका छन् ।
सुदूरपश्चिका ७ पहाडी जिल्लाहरुलाई जोड्नका लागि बनाइएको उक्त काठेपुल जिर्ण भएपछि नजिकै अर्को पक्की पुल निर्माण गरिएको छ ।
‘कैलाली र कञ्चनपुरका आन्तरिक पर्यटकहरुका लागि नजिकको गन्तब्यका रुपमा रहेको गोदावरी निकै रमणीय ठाउँ छ । यहाँ आउने जो कसैले पनि आनन्द महसुस गर्दछन्’ । पुलमै भेटिएका कैलालीको पहलमानपुरका भोजराज जैशीले भने । ‘साथिहरुले गोदावरी पुगेर फोटो खिचेको देखे । त्यसले गर्दा पनि यहाँ आएको हो ।’
काठे पुल हेर्नेहरु बढे पनि त्यसको संरक्षणका लागि भने कुनै पनि निकायको ध्यान गएको छैन् । दशकौँ पुरानो उक्त पुलका ठाउँ ठाउँमा प्वालहरु परेका छन् । त्यसले गर्दा दुर्घटनाको जोखिम पनि छ । यसमा सम्बन्धित निकायको ध्यान जानुपर्ने गोदावरी पुग्नेहरुको सुझाव रहेको छ । ‘तराईको गर्मी छल्नका लागि नजिकको ठाउँका लागि पनि चुरेको फेदमै अवस्थित गोदावरीको पुल आनन्द र सुन्दर छ’, कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट गोदावरी पुगेका हृदय ओझाले भने । ‘तर, पलको संरक्षण र सम्बद्र्धन गर्न पनि आवश्यक छ ।’ उनले अन्य पुर्वाधारको पनि आवश्यक रहेको औल्याए । ‘गोदावरी क्षेत्र पर्यटकीय क्षेत्र बनिसक्यो’, उनले भने । ‘यहाँ बस्ने गोलघर देखि अन्य मनोरञ्जनका लागि पुर्वाधार पनि निर्माण गर्न आवश्यक छ ।’ पछिल्लो सयम गोदावरी क्षेत्रमा होटलहरु खुल्ने क्रम पनि धेरै नै भएको हुँदा पर्यटकहरुलाई सहज भएको उनले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.