एमसिसीको विरोधमा धनगढीमा समेत विरोध प्रदर्शन

अत्तरिया : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै बुधबार धनगढीमा समेत दर्जन कम्युनिस्ट पार्टीले संयुक्त रूपमा प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासहित कम्युनिस्ट पार्टीले बुधबार दिउँसो धगढी ट्राफिक चौराह देखि पार्कमोड सम्म पुगेर प्रदर्शन गरेका हुन्।

यो प्रदर्शनमा सत्ता गठबन्धनबाट अलग्गिँदै राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ। ट्राफिक चौराहमा भेला भई विरोध र्‍यालीसहित उनीहरु पार्क मोडमा पुगेका थिए । एमसीसीको विरोधमा जनमोर्चासहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी उत्रिएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.