Agni Offset Press

काँग्रेस धनगढी उपमहानगरको बैठकले यस्ता निर्णय गर्यो

Aarati simant

धनगढी : नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका कार्य समितिको नियमित बैठक सम्पन्न भएको छ । बुधबार पार्टी कार्यालय कैलालीमा भएको बैठकले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विविध निर्णय गरेको छ ।

काँग्रेस युवा नेता नृप सुनारका अनुसार बैठकले स्थानीय निर्वाचन लक्षित प्रशिक्षण सचालन गर्ने निर्णय गरेको छ । यस्तै टोल समिती गठन गर्ने, सबै वडाका वडा पार्टी कार्यालय स्थापनाका लागि पहल गर्ने निर्णय गरेको हो । यस्तै गरी सहकारी स्थापनाका लागि समिती निर्माण गर्ने, साधारण सदस्यता वितरण र चुनावी अभियान केन्द्रीय कार्यक्रम गर्ने निर्णय गरेको नेता सुनारले जानकारी दिएका छन् । बैठकमा काँग्रेस पुर्व सभापति सुशील कोईरालाको सातौँ स्मृति दिवस समेत मनाएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.