Agni Offset Press

भारतमा हुने विधानसभा निर्वाचनका लागि दुई दिन नेपाल भारत सीमा बन्द रहने

Aarati simant

दार्चुला : भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनका लागि नेपाल भारत सीमानाका ६० घण्टा बन्द रहने भएको छ । चुनावलाई लक्षित गरी माघ २९ गते बेलुका ५ बजेदेखि फागुन ३ गते बिहान ७ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

फागुन १ र २ गते पूर्ण रूपमा सीमानाका बन्द रहने उनको भनाइ छ । दार्चुलामा नेपालभारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी छवटा सीमापुल सञ्चालनमा रहेका छन् । सीमापुल बाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथि ट्युब र व्यास क्षेत्रमा तुइनको प्रयोग गरी नेपाल–भारत आवतजावत गर्ने गरिएको छ ।

सीमा पुलहरू दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म गरी १२ घण्टासम्म नेपाल(भारत आवतजावतका लागि खुला गर्ने गरिएको छ भने रातिको समयमा अत्यावश्यक कामका लागि खोल्ने गरिएको छ ।

निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुकादेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनबाट अनौपचारिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यवस्थापनका लागि सहयोग सम्बन्धी हालै सम्पन्न नेपाल–भारत सीमा बैठकमा छलफल समेत गरिएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.