Agni Offset Press

संविधानको परिधिभित्र रहेर जनताका काम गर्नेछु : प्रदेश प्रमुख जोशी

Aarati simant

अत्तरिया, २८ माघ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानको परिधिभित्र रहेर जनता काम गर्ने बताएका छन् । ‘प्रदेश प्रमुख भईसकेपछि जनताका आकांक्षीहरु धेरै हुन्छन्’, शुक्रबार धनगढीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले भने । ‘प्रदेश प्रमुखलाई संविधानले परिधि छ । त्यस अनुसार काम गर्नुपर्ने हुन्छ ।’ आफुले जनतासंग प्रत्यक्ष रुपमा बसेर काम गरेको सम्झिदै प्रदेश प्रमुख जोशीले सबैको सल्लाह सुझाव लिएर नै अगाडि बढ्ने बताए । ‘प्रदेश प्रमुखको पद समालेको तीन महिना भयो’। उनले भने । ‘कोरोनाले गर्दा धेरैसंग भेटघाट नै गर्न सकेको छैन् । कानुनले दिएको कार्य गर्न जहिले पनि तत्पर छु ।’ पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख जोशीले आफुलाई वेला–वेलामा कमीकमजोरीहरु केलाई दिन पत्रकारहरु समक्ष आग्रह गरे ।

कार्यक्रममा पत्रकारहरुले प्रदेश प्र्रमुखलाई विकासमा प्रदेश सरकारसंग समन्व गर्नुपर्ने सुझाएका थिए । ‘प्रदेश सरकारको आफ्नो परिधि होला’, पत्रकार चित्राङ्ग थापाले भने । ‘सबै बस्तीमा बजेट गए नगएको बारेमा प्रदेश सरकारसंग समन्वयकारी भूमिका खेल्न सक्नुपर्दछ ।’ उनले आफ्नो पदको गरिमालाई बचाएर प्रदेश प्रमुखले काम गर्नुपर्नेमा जोड दिए ।

यस्तै पत्रकार मनमोहन स्वाँरले प्रदेशको शान्तिसुरक्षामा प्रदेश प्रमुखले सरकारसंग समन्वय गर्नुपर्ने सुझाए । ‘स्थानीय तहको निर्वाचन घोषणा गरेको छ’, उनले भने । ‘त्यसमा दल भन्दा माथि उठेर प्रदेश प्रमुखले शान्ति सुरक्षाका अवस्थाका बारेमा सरकारसंग समन्वय गर्नुपर्दछ ।’
सहभागि पत्रकारले प्रदेश प्रमुख यसै प्रदेशको भएको हुँदा विवाद रहित काम गरेर नमुना बन्न आवश्यक रहेको बताएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.