Agni Offset Press

गोदावरी पत्रकार मञ्चद्वारा प्रेस चौतारी कैलालीका नव निर्वाचित मञ्चका पदाधिकारीलाई बधाई

Aarati simant

अत्तरिया : गोदावरी पत्रकार मञ्चले प्रेस चौतारी नेपाल कैलालीको कार्यसमितिका नव निर्वाचित मञ्चका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
शनिबार अत्तरियामा आयोजित एक कार्यक्रमका बीच मञ्चले प्रेस चौतारी कैलालीको सह सचिबमा निर्वाचित मञ्चका उपाध्यक्ष प्रेमसिंह बिष्ट र सदस्यमा निर्वाचित मञ्चकी कोषाध्यक्ष रोशनी एसकेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
मञ्चका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सम्पूर्ण पदाधिकारीहरुले टिका र खादा लगाएर बधाई दिएका थिए । कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष भट्टले दुवै जनालाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिए ।

उनले अत्तरियालाई कर्मथलो बनाएर कार्यरत मञ्चका पदाधिकारीहरु जिल्लाका बिभिन्न नेतृत्व तहमा पुग्नु मञ्चका लागि पनि खुसीको कुरा रहेको बताए । बधाई ज्ञापन कार्यक्रम पछि सह सचिबमा निर्वाचित मञ्चका उपाध्यक्ष बिष्टले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै शुभकामना दिने सबै मञ्चका पदाधिकारीहरुलाई धन्यवाद दिए । उनले जिल्ला नेतृत्वमा पुग्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै मञ्चका लागि गर्नुपर्ने सम्पूर्ण सहयोगहरु गर्न आफूहरु दुवै जना तत्पर रहेको बताए ।
मंगलबार सम्पन्न भएको प्रेस चौतारी नेपाल कैलालीका सातौँ अधिवेशनबाट भानुभक्त आचार्यको अध्यक्षतामा नयाँ कार्य सर्वसम्मत रूपले चयन गरिएको थियो ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.