Agni Offset Press

कञ्चनपुरको शुक्लाफाँटा सहित आसपासका वन क्षेत्रमा बाघ गणना कार्य सुरु

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा आज देखि बाघ सर्बेक्षण तथा गणनाको कार्य सुरु गरिएको छ। शनिवार निकुञ्जको मुख्यालय मजगाउँमा वन तथा भू–संरक्षण मन्त्री रामसहाय प्रसाद यादबले सर्बेक्षण कार्यको शुभारम्भ गरेका छन्।

शनिवार निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघ गणना सर्बेक्षणको कार्य सुरु गरिएको हो । शुक्लाफाँटा –लालझाडी–जोगबुढा कम्प्लेक्समा क्यामेरा जडान गरेर बाघ गणना सर्बेक्षणको कार्य सुरु गरिएको हो। आजबाट सुरु भएको बाघ गणना २१ दिनसम्म चल्ने छ। कम्प्लेक्सलाई २ किलोमिटर लम्बाई र २ किलोमिटर चौडाइ भएको २ सय ६० वटा ग्रीडमा बिभाजन गरी सर्भेक्षण कार्य अघि बढाइने निकुञ्जले जनाएको छ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अघिकृत किशोर कुमार महत्तोले बाघको फोटो खिच्नका लागी स्वचालित क्यामरा बाट गणना हुने बताएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी हिरापुर गरी ४ स्थानमा र डिभिजन वन कार्यालय कञ्चनपुर अन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाँडाजाई गरी ४ स्थान तथा डडेल्धुराको आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प रहनेछन् ।

११ क्याम्प मध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र ९५ ग्रीडमा १ सय ९० क्यामेरा, लालझाडी–ब्रम्हदेब क्याम्पमा १ सय ७ ग्रिडमा २ सय १४ र डिभिजन वन कार्यालय डडेल्धुरा गोजबुढामा ५८ ग्रीडमा १ सय १६ वटा क्यामेरा जडान गरिएका छन्। हरेक ग्रिडमा एक जोडी क्यामेरा १५ दिनसम्म सञ्चालन हुनेछन् । बाघ सर्बेक्षणका लागी जम्मा ५ सय २० क्यामरा, ७० जना प्राबिधीक, ५ हात्ती हुनेछन् । स्वचालित क्यामरा, सन्टो कम्पास,रेन्ज, फाईन्डर र जिपीएस उपकरण रेकर्ड गरिनेछ ।बाघ बस्ने स्थानमा जोडीका हिसाबले क्यामेरा राखिएका छन् भने बाघ हिड्दा दुबै तर्फ क्यामेराले खिच्ने कार्य गरिने निकुञ्ज कार्यालयले जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.