Agni Offset Press

जनयुद्ध दिवसमा धनगढीमा रक्तदान

Aarati simant

धनगढी : नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीले २७ औँ जनयुद्ध दिवसको अवसर पारेर धनगढीमा रक्तदान कार्यक्रम गरेको छ । धनगढी पार्कमोडमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेर नगर कमिटीले जनयुद्ध दिवस मनाएको हो ।
सो अवसरमा ८४ जनाले रक्तदान गरेका नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीका प्रचारप्रसार विभाग प्रमुख डिल्लीराज भट्टले जानकारी दिए । नेपालमा १० वर्षसम्म चलेको जनयुद्धमा देश र जनताको लागि लड्दालड्दै ज्यान गुमाएका सहिदहरुलाई सम्झिदै जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रचारप्रसार विभाग प्रमुख भट्टले बताए ।
‘जनयुद्धका कारण मुलुकमा यतिठूलो राजनीतिक परिवर्तन भयो । गणतन्त्र स्थापना, संघीयता, समावेशिताजस्ता ऐतिहासिक उपलब्धी जनयुद्धकै जगमा हासिल भएका हुन् ।’ उनले भने, ‘यो परिवर्तन ल्याउन सहीदले दिएको बलिदानी बिर्सन सकिदैन ।’ जनयुद्धकै कारण समाजमा उपेक्षित बर्गले आफ्नो अधिकार प्राप्त गरेको उनले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.