गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः खनाल
धनगढी : गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुनः देवीप्रसाद खनाल चयन भएका छन् । मंगलबार धनगढीमा सम्पन्न भएको महासंघको दोस्रो अधिवेशनले खनालको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
समितिको उपाध्याक्षमा रघु कठायत, सचिवमा लोकमान धामी, सह–सचिवमा अग्नी शाही, कोषाध्यक्षमा दुर्गा नेपाली रहेका छन् । यस्तै समितिको सदस्यहरुमा नरेश शिलाल, विमला भट्ट ओझा, कौशीला चौधरी र राजेन्द्र ठगुन्ना रहेका छन् ।