Agni Offset Press

एलपिएल प्रतियोगिता : एभरेस्ट र गुरुकुल विजयी

Aarati simant

अत्तरिया, ३ फागुन : धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ टि–ट्वान्टी क्रिकेट प्रतियोगिता ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ अन्तरगत दोस्रो दिनका खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिश स्कुल लम्कीले विजयी सुरुवात गरेका छन् । मंगलबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंगलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित ग¥यो ।
धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेट क्षतिमा भेटायो । एभरेस्टको ब्याटिङमा २८ बलको सामना गरेका योगेश भाटले ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन जोडे । उसका सन्दीप बिस्टले १२ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १०.६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रे बनाउन सक्यो । होलिल्याण्डका सन्दीप औजीले १६ तथा अभिषेक पालले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।
एभरेस्ट एकेडेमीका लेग स्पिनर कृश ऐरले सर्वाधिक ५ विकेट लिए । १ मेडन ओभर सहित ३ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए । यस्तै गोविन्द बिस्टले दुई तथा दीपक रोकायाले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृश ऐर घोषित भए । उनले दुई हजार रुपैयाँ प्राप्त गरे ।
मंगबलार सम्पन्न दोस्रो खेलमा गुरुकुल इंगलिश स्कुल लम्कीले स्टेपिंग स्टोन स्कुल धनगढीलाई पराजित ग¥यो । गुरुकुलले दिएको १८६ रनको लक्ष्य पछ्याएको स्टेपिंग स्टोनले १५.५ ओभरमा अल आउट हुँदै ५६ रन मात्रे बनाउन सक्यो । स्टेपिंग स्टोनको लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए। गुरुकुलका बलर समीर रानाले तीन विकेट लिए भने बसिर अहमद र विशाल केसीले समान दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १८५ रन बनाएको थियो ।
गुरुकुलको ब्याटिङमा नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी समेत रहेका बशिर अहमदले सर्वाधिक ४१ रन बनाए जुन । उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै टिमका लागि सर्वाधिक रन जोडे । यस्तै य–१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनालले ३९ र विशाल विक्रम केसीले ३७ रन बनाए । दिनेश अधिकारीले १६ र कृश कार्कीले १५ रन योगदान दिए । स्टेपिंग स्टोनका बलर सागर भण्डारीले दुई विकेट तथा अभिषेक कुँवर, वीरेन्द्र चन्द र दिनेश ओडले समान एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच बशिर अहमद घोषित भए जसले दुई हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा १० विद्यालय टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.