Agni Offset Press

कांग्रेसले ‘घरघर जाऊँ कांग्रेस जिताऊँ अभियान चलाउने

Aarati simant

काठमाडौं: नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी एक भएर जुट्ने निर्णय गरेको छ। पार्टी मुख्य कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो।

निर्वाचन घोषणापत्र तयारी समिति गठन गर्ने, निर्वाचनलाई ध्यानमा राखेर संगठन सुदृढीकरण गर्ने, घरघर जाउँ कांग्रेस जिताउँ भन्ने अभियान चलाउने, यसका लागि भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। फागुन २० देखि चैत २० सम्म यस्तो अभियान चलाउने कांग्रेसको निर्णय छ।

त्यसैगरी कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय पनि गरेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.