Agni Offset Press

तेघरी काँग्रेसमा टोल समिती गठन, सभापतिमा साउँद

Aarati simant

अत्तरिया, ४ फागुन : कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा नेपाली कांग्रेसको टोल समिती गठन गरिएको छ । नेपाली कांग्रेस वडा नं २ को आयोजनामा मंगलबार स्थानिय तहको निर्वाचनलाई लक्षित टोल समिती गठन गरिएको हो ।
तेघरीमा रहेको गौरीशंकर टोल र राधाकृष्ण टोलमा गरिएको टोल समिती गठनमा गौरीशंकर टोलका युवा नेता सालिभान साउँदको सभापतित्वमा १५ सदस्यीय टोल समिती गठन गरिएको हो । जसको उप सभापतिमा शोभा बोगट, सचिवमा रघुनाथ जोशी र सहसचिबमा गणेश बिक र कोषध्यक्षमा हरि प्रसाद भट्ट चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा बसन्ती सुनार, नरपता बिक, अर्जुन बिक, जय बिक, शिवराज पाण्डे, पूर्ण बिक, श्याम बहादुर बिक, पार्वती साउँद र पार्वती जोशी रहेका छन् । वडा सभापति धनराज जोशीको सभापतित्वमा भएको टोल समिती गठन कार्यक्रममा महादिवेशन प्रतिनिधि तथा कांग्रेसका पुराना नेता पदमराज जोशी प्रमुख अतिथी रहेका थिए । महादिवेशन प्रतिनिधि यज्ञ बहादुर महरा र वडा नं २ का जनप्रतिनिधि सदस्य कमल कडायत बिशिष्ट अतिथी रहेका थिए । सर्वसम्मत चयन भएको टोल समितीका पदाधिकारीलाई टिक लगाएर सभापति, प्रमुख अतिथी र बिशिष्ट अतिथीले टिका लगाएर बधाई दिएका थिए । साथै सम्पूर्णलाई अबको निर्वाचनमा आफ्नो टोलमा जिम्मेवारी पूर्वक काम गर्न समेत आग्रह गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.