Agni Offset Press

पत्रकार महासंघ बैतडीमा सहमती, अध्यक्षमा अवस्थी

Aarati simant

बैतडी : नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन भएका छन् । १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्द चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोद सिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन भएका छन् ।

यस्तै चारजना राष्ट्रिय परिषद सदस्य र नौजना प्रदेश परिषद सदस्य समेत चयन गरिएको छ । सदस्यता विवादका कारण गत चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन ।
जिल्लामा रहेका पत्रकारका संघसंगठन (नेपाल प्रेस युनियन,समाजवादी प्रेस संगठन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर बीच भएको सहमतीका आधारमा नयाँ कार्यसमिति चयन गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिए ।
विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलको नेतृत्वमा आएको टोलीले फागुन १ गते सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने टुंगो लगाएको थियो । यसका साथै विवाद समाधानका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि उत्तर विष्ट पनि पुगेका थिए ।
यसैबीच नयाँ कार्यसमितिलाई बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले पदभार ग्रहण गराए । पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष खगेन्द्र अवस्थीले सदस्यता शुद्धिकरण अतिआवश्यक रहेकोले यो विषयलाई कडाईसाथ लैजाने प्रतिवद्धता व्यक्त गरे । यसका साथै नवनिर्वाचित पत्रकार महासंघ बैतडीको कार्यसमितिको बैठकले सदस्यता शुद्धिकरण गर्न समिति गठन गरेको छ । चन्द्रप्रकाश लोहिया (सीपी) को संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.