Agni Offset Press

एलपिएल प्रतियेगिता : होलिल्यान्ड र लिटल फ्लावर विजयी

Aarati simant

अत्तरिया : धनगढी जारी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर–१९ क्रिकेट प्रतियोगितामा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् । धनगढीको संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा होलिल्याण्ड इंगलिश स्कुल अत्तरियाले शारदा सरस्वति स्कुललाई २ विकेटले पराजित गर्यो ।
धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वति स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो । शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षतिमा १६.२ ओभरमा भेटायो । होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए । शारदा सरस्वतिका बलर हेमन्त धामी, गणेश बिटालु र विकाश सुनारले समान दुई विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग रोजेको शारदा सरस्वतिले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । उसको लागि विकाश सुनारले सर्वाधिक ११ रन तथानिरज तेजचन्द र मिलन बोहराले समान १० रन बनाए । होलील्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तिन विकेट तथा अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समानदुई विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे । दिनको दोश्रो खेलमा आयोजक लिटल फ्लावर स्कुलले स्टेपिंग स्टोन धनगढीलाई ७१ रनले पराजित गर्यो । लिटल फ्लावरले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिंग स्टोनले निर्धारित २० ओभरमा७विकेट क्षतिमा ९१ रन मात्रबनाउन सक्यो ।
स्टेपिंग स्टोनको ब्याटिंगमा आयुबचन्दले सर्वाधिक ३२ रन तथाबिशाल बिस्ट र भुपेश जोशीले समान १४ रन बनए । लिटल फ्लावरका बलर अनुराग सिंहले दुई विकेट तथा प्रकाश जैसी, सुवास ऐयर र नरेन भट्टले समान एक विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १६२ रन बनाएको थियो । लिटल फ्लावरको ब्याटिंगमा ओपनर सुवास ऐरले सर्वाधिक ६७ रन बनाए जुनक्रममा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडुले समान १२ रन बनाए । स्टेपिंग स्टोनका बलर बिरेन्द्र चन्द र आयुबचन्दले समानदुई विकेट तथा दिनेश ओडले एक विकेट लिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.