Agni Offset Press

राष्ट्रघाती काम माओवादीले कहिल्यै गर्दैन : दीपशीखा

Aarati simant

अत्तरिया : नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसीएल ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपसीखा’ ले माओवादी केन्द्र कुनै राष्ट्रघाती काममा सहभागी नहुने बताएका छन् । पार्टी संगठन निर्माणका क्रममा धनगढी पुगेका सापकोटाले बिहिबार प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा एमसिसि देशको हितमा नभएका कारण माओवादी त्यसको विपक्षमा उभिएको बताएका हुन् ।
‘एमसीसी चाहिदैन माओवादीले भनेको थिएन’ उनले भने । ‘नेपालका कानुन लागु हुने, नेपाल सरकारको निगरानी अनुगमन रहनेगरी पास हुन लागेको भए माओवादीले विरोध गर्ने थिएन तर, अहिले नेपालको कानुनभन्दा माथी हुने गरी जसरी संसदबाट पास गराउने खेल भइरहेको छ माओवादी यसको विरोधमा हो ।’ उनले माओवादी अनुदान लिनुहुन भन्ने पक्षमा नरहेको प्रष्ट पारे ।
एमाले र काग्रेंसले विगतमापनि विभिन्न राष्ट्रघाती काम गरिसकेको बताउँदै सापकोटाले फेरी एमसीसी संसदबाट पारित गराएर यी पार्टीले राष्ट्रघाती कदम चाल्न लागेको बताए । ‘माओवादी केन्द्र सदन र सडकबाट एमसीसी को विरोधमा छ’ उनले भने । ‘सकेसम्म यो एमसीसी लाई टेबलनै हुन नदिने गरी हाम्रो पार्टी संघर्षमा छ ।’
आफै संसदबाट पास गराउने गरी प्रस्ताव ल्याउने एमालेले अहिले मौन बसेको जस्तो नाटक देखाएर नेपाली जनतालाई दोहोरो चरित्र देखाएर ढाँट्न खोजेको सापकोटाले आरोप लगाए । ‘पहिला संसदबाट पारित गर्नुपर्ने कुरा थिएन मन्त्रीपरिषदले पारित गरेका योजना नेपाल सरकारकै कानुन अनुसार रहन्थे तर एमालेले सदनबाटै पास गर्ने किसिमले बनाएको प्रस्तावका कारणनै यसमा अमेरिकाको कानुन लाग्ने छ’, उनले भने । ‘जवरजस्ती सदनबाट पास गरेमा जनतामा एमसिसि को मुद्धा लिएर जाने छौँ ।’
सदनबाट पास गराउने गरी एमाले सरकारलेनै प्रस्ताव ल्याएको र त्यसलाई रोक्न खोज्दा तत्कालिन सभामुख कृष्णबहादूर महरालाई हटाएको समेत उनले आरोप लगाए । अर्को प्रसंगमा उनले निर्वाचनमा माओवादीसंग एक्लै लड्ने क्षमता भएको बताए । तर, अहिलेको परिस्थतिले सबै संग समन्वय र सहकार्य गर्न बाध्या पारेको उनको भनाई छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.