
एमसीसी संसदमा टेबल भएपछि धनगढीमा समेत प्रर्दशन

धनगढी,८ फागुन : अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि धनगढीमा पनि विरोध प्रर्दशन गरिएको छ ।
धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले धनगढी बजार लगायतका क्षेत्रमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नारावाजी गरेका हुन्।
