धनगढीमा लाईट टावरमा नेपालको राष्ट्रिय झण्डा फहरायो
धनगढी, ९ फागुन : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीमा राष्ट्रिय झण्डा फहरायोको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित क्याम्पस चोकमा राष्ट्रिय झण्डा फहरायोको हो । धनगढी क्याम्पस चोकमा राखिएको लाईट टावरमा सोमबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले झण्डात्तोलन गरेका हुन् । वडा कार्यालयको २ लाख ७५ हजार बजेटमा निर्माण भएको टावर १७ मिटर अग्लो छ । टावर ४ वटा लाइट जडान गरेका छन् ।
प्रदेश प्रमुख जोशीले धनगढीको मुख्य चोकका रुपमा चिनिएको यसप्रकारका कार्यले सार्वजनिक महत्व र राष्ट्रिय गौरवके विषय भएको बताए । उनले अन्य वडामा गर्नसके अझ राम्रो हुने भन्दै प्रसंसा गरे यसले जनताको सुरक्षाको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको उनले बताए ।
नगर प्रमुख नृपबहादुर वडले लाइट टावर धनगढीका सात ठाउँमा राखिने बताए । उनले सर्भे भईरहेको बताए । ‘धनगढीका मुख्य चोकमा यस प्रकारका लाइट टावर राख्ने गरी काम भईरहेको छ’, नगर प्रमुख वडले भने । ट्राफिक चौराह, पार्कमोड रातोपुल र शहिद गेट लगायतका क्षेत्रमा राखिने छन् ।’
वडा नम्बर ८ अध्यक्ष नारायण बरालले आफ्नो वडाको मुख्य चोकमा राखिएको टावरले जनतालाई रातको समयमा निर्धक्क भएर हिड्न सक्ने बताए । वडा अध्यक्षको यस प्रकारको कामको सामाजिक सञ्जालमा प्रसंसा भईरहेको छ ।